बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

इन्भेष्टमेन्ट बैकद्धारा कर्मचारीहरुलाई तालिम

बिहिबार, चैत्र १७ २०७३

काठमाडौ चैत १७ 
नेपाल इन्भेष्टमेन्ट बैकले आफ्ना कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम दिएको छ । बैकले कर्मचारीहरुलाई आस्वालगायत निक्षेप सदस्य सम्बन्धी कार्यको विस्तृतमा जानकारी दिन आयोजना गरेको दुइ दिने तालिम सम्पन्न भएको जानकारी दिएको हो । 
नेपाल इन्भेष्टमेन्ट बैंक र सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्स लि.को सहकार्यमा बैंकको शाखा कार्यलयहरु भैरहवा, वुटवल, कृष्णनगर र पाल्पाका कर्मचारीहरुलाई यो तालिम दिएको हो । शनिबार र आइतबार दिइएको तालिमबाट कर्मचारीहरुले आस्वा के हो र यो कसरी भरिन्छ लगायत निक्षेप सदस्य सम्बन्धी कार्यहरुको बारेमा विस्तृतमा अन्तरक्रिया गरेका थिए ।
पछिल्लो समय प्राथमिक शेयर निष्काशनमा आस्वा मार्फत आवेदन अनिवार्य गरिएकोले यस प्रक्रिया मार्फत निवेदन दिने लगानीकर्ताहरुको संख्या दिन प्रति दिन बढ्दो छ । कर्मचारीलाई यस विषयमा दक्षता प्रदान गरी आफ्ना ग्राहक महानुभावहरुलाई अझ सर्वसुलभ सेवा प्रदान गर्नु नै तालिमको मुख्य उदेश्य रहेको थियो ।