काठमाडौ चैत १०
एन आई सी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको एन आई सी एशिया क्यापिटल लिमिटेडलाई आज बिहिबार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले हाल एन आई सी एशिया बैंक लिमिटेडबाट दिदैं आएको धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागी स्वीकृत दिएको छ ।
एन आई सी एशिया बैंक विगत दुई बर्ष देखि धितोपत्र निक्षेप सेवा प्रदान गर्दै आएको एक अग्रणी संस्था हो । एन आई सी एशिया क्यापिटल लिमिटेडले उक्त सेवाहरुलाई अझ बढी प्रभावकारी बनाउने बताएको छ । सेवाग्राहीहरुले एन आई सी एशिया क्यापिटल लिमिटेडको सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल स्थित कार्यालयबाट तथा एन आई सी एशिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्न तथा संचालन गर्न सक्नेछन । एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो वेभसाईटको पनि शुभारम्भ गरेको छ ।