बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चैत ३० गते प्रभु इन्स्योरेन्सले १९ करोड २५ लाख रुपैयाँको हकप्रद

मंगलबार, चैत्र ८ २०७३

काठमाडौ चैत ८
यही चैत ३० गते प्रभु इन्स्योरेन्स कम्पनीले १९ करोड २५ लाख ७८ हजार आठ सय १० रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले चुक्ता पुंजी ३८ करोड ५० लाख १५ हजार सात सय ६१ रुपैयाँको दुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी १९ लाख ५० हजा ७८ दसमलव ८१ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्न लागेको हो । 
बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी जेठ दुई गतेसम्म खुल्ला हुने छ । हाल अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी ५७ करोड ७४ लाख २३ हजार रुपैयाँ पुग्ने छ ।