काठमाडौ चैत ६
कुमारी बैकले हकप्रद सेयरको बिक्री खुलेको छ । बैकले चैत छ गते आईतबारबाट एक अर्ब ३४ करोड ९५ लाख रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । बैकका अनुसार दुई अर्ब ६९ करोड ९१ लाख ६६ हजार पाँच सय ३१ रुपैयाँ चुक्ता पुंजी मध्येबाट दुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ दसमलव ६६ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरिएको हो ।
सेयर निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल मार्फत खुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य आगामी बैशाख १० गतेसम्म जारी रहने छ । अधिकृत पुंजी १० अर्ब तथा जारी पुंजी चार अर्ब चार करोड ८७ लाख ४९ हजार रुपैयाँ रहेको बैकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी चार अर्ब चार करोड ८७ लाख रुपैयाँ पुग्ने छ ।