बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

न्यायाधीशहरु नआउने भएपछि महाभियोग समितिको बैठक सर्‍यो  

बिहिबार, भाद्र ३० २०७९

काठमाडौं । आज  बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ ।

समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ ।

जबराले बयानको क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आज बिहानको बैठकमा बोलाइएको थियो । तर, न्यायाधीशहरुले समितिको बैठकमा नआउने भनेपछि बैठक दिउँसो १ बजेलाई सारिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

जबराले नाम लिएका कानुन व्यवसायीहरुलाई भने दिउँसो ३ बजे बोलाइएको समितिका सचिव गौतमले जानकारी दिए ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । 

समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।