बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

देशभर आंशिकदेखि सामान्य बदली, यी स्थानमा भारी वर्षाको संभावना

बिहिबार, भाद्र ३० २०७९

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको पनि संभावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको पनि संभावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू(भागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।