बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विदेशी मुद्रामा उतार चढाव, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

मंगलबार, भाद्र २८ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउमा ओरालो लागेको छ ।
सोमबार एकको खरिददर १२७ रुपैयाँ ४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलर आज एकको खरिदमा १२६ रुपैयाँ ९४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

आज युरोपियन युरो बढेको राष्ट्र बैंकले जनाएको छ । युरो एकको खरिदमूल्य १२७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ १६ पैसा रहेको  युरो आज बढेर खरिदमा १२८ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२९ रुपैयाँ ३८ पैसा पुगेको बताएको छ ।

यसैगरी अष्ट्रेलियन डलरको भाउ पनि आज बढेको छ । हिजो एकको खरिददर ८६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा रहेको अष्ट्रेलियन डलर मंगलबार बढेर खरिदमा ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा पुगेको हो । 

यसैगरी क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९० रुपैयाँ ९१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३४ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ । 

 साउदी रियाल आज सामान्य ओरालो लागेको छ । तर, कतारी रियाल बढेको छ । यसअघि खरिदमूल्य ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको साउदी रियाल आज खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा कायम भएको छ  छ ।

कतारी रियाल यसअघि एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८५ पैसा रहेको कतारी रियालको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।