बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जसपाका संघीय र प्रदेश सांसदसहित सयौं नेता कार्यकर्ता एमाले प्रवेश

मंगलबार, भाद्र २८ २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुई सांसद एमाले प्रवेश गरेका छन्। 
सोमबार जनकपुरमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश २ सभा सदस्य अञ्जुकुमारी यादव एमालेमा प्रवेश गरेका हुन् । उनीहरु जसपाका केन्द्रीय सदस्य पनि हुन् ।

यसैगरी अध्यक्ष केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री लोसपाका नेता अरविन्द साह र नेपाली कांग्रेस धनुषाका सभापतीमा पराजित सन्तोष यादव सहित सयौंलाई पार्टीमा स्वागत गरेका थिए ।

jasapa-samsad-ruhi-naj-uml-prabes-2.jpg

उनीहरूलाई एमाले अध्यक्ष पार्टीमा स्वागत गरेका थिए ।

Capture.JPG

एमाले नगरकमिटि जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी नेतृत्वको समूहले ओलीलाई २ सय ५ किलोको फुलमालाले स्वागत गरेको थियो । अध्यक्ष ओलीलाई जानकी मन्दिरको प्रतिमा उपहार प्रदान गरिएको थियो ।