बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घट्यो सुनको मूल्य 

सोमबार, भाद्र २७ २०७९

काठमाडौं  । सुनको मूल्य सोमबार घटेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी  तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेको छ । आइतबार तेजाबी  सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो ।

सुनको मूल्य घटे पनि सोमबार पनि चाँदीको मूल्य भने स्थिर छ ।  चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।