बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

चीनका राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने

सोमबार, भाद्र २७ २०७९

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक मध्यएसियाको भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । सीले एक महिनापछि माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफ्नो स्थान पक्का गर्न तयार छन् ।

कजाकिस्तान र क्रेमलिनका अनुसार सी बुधवार कजाकिस्तानको राजकीय भ्रमणमा जाँदैछन्  र त्यसपछि उज्बेकिस्तानको पुरातन सिल्क रोड शहर समरकन्दमा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पुटिनसँग भेट गर्नेछन् । 

पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले पुटिनले शिखर सम्मेलनमा सीसँग भेट्ने अपेक्षा गरिएको गत साता बताएका थिए ।

रुसी प्रशासन क्रेमलिनले वार्ताबारे थप विवरण दिन अस्वीकार गरेको छ । चीनले सीको भ्रमण योजनाको पुष्टि गरेको छैन । 

एजेन्सी