मुम्बई । पञ्जाबी गायक यो यो हनी सिंह र पत्नी शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ । सम्बन्धविच्छेदका क्रममा हनीले ‘एलिमनी’का रुपमा १ करोड रुपैंयाँको चेक बन्द खाममा शालिनी तलवारलाई दिए ।
दिल्लीको एक फेमिली कोर्टले यो मामलाको सुनुवाइ भएको थियो। शालिनीले उजुरीमा १० करोड ‘एलिमनी’को माग गरेकी थिइन् ।
बिहीबार हनी र शालिनीको बीच काउन्टर एलिगेसन पछि मामला अदालतले टुंगो लगाएको हो । त्यसपछि दुवैबीच एक करोडको ‘एलिमनी’ सम्झौता भएको छ । यो मामलाको आगामी सुनुवाइ सन् २०२३ मार्च २० मा हुनेछ । जसमा आगामी प्रस्तावमा सुनुवाइ हुनेछ ।
शालिनीले गत वर्ष अगस्ट ३ मा तीस हजारी कोर्टमा हनी सिंहविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् । उनले हनीले आफूमाथि ‘आक्रमण’ गरेको आरोप लगाएकी थिइन् । शालिनीले विवाहपछि आफूमाथि हनीले विवाहको १० वर्षसम्म शारीरिक र मानसिक यातनामात्र दिएको दाबी गरेकी छन् ।
उनले हनीले अन्तर्राष्ट्रिय यात्रामा जाने बहानामा अर्की महिलाहरूसँग अवैध सम्बन्ध बनाउने गरेको आरोप पनि लगाउकी थिइन् ।
उनीहरुबीच सन् २०११ जनवरी २३ मा विवाह भएको थियो । उनीहरु सानैदेखि एकै विद्यालयमा पढ्थे ।
हनीले भने आफूमाथि लगाएको शालिनीका यी आरोप अस्वीकार गरेका थिए ।