बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : पृथ्बी सुब्बा गुरुङ

आइतबार, भाद्र २६ २०७९

लमजुङ । एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले समृद्धिको लागि फेरि गण्डकीको मुख्यमन्त्रीमा दोहोरिन इच्छा ब्यक्त गरेका छन् ।

गण्डकीका संस्थापक मुख्यमन्त्री एवं एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताए ।

शनिबार शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर ७ मा निर्मित भवनको उद्घाटन गर्दै गुरुङले यस्तो इच्छा बताएका हुन् ।  गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताए । अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी गरे । 

संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन , उनले भने। संघीयताका कारण गाउँगाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उनले बताए । नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गरे ।