काठमाडौ फागुन २३
नेप्से चार दसमलव सात अंकले बढेर १३ सय ५८ दसमलव ४१ अंकमा पुगेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव ९२ अंकले बढेर दुई सय ९५ दसमलव ३२ अंकमा पुगेको छ । एक सय ४१ कम्पनीहरुको पाँच हजार छ सय ६४ वटा कारोवारमा १५ लाख ५० हजार दुई सय ३८ कित्ता सेयर खरिद बिक्री भएकोमा ७४ करोड ७३ लाख ३४ हजार तीन सय ३८ रुपैयाँको कारोवार भएको छ ।
आज आठ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको कारोवार बढेर दुई वटा समुहको कारोवार घटेको छ । बाँणिज्य बैक समुहको सुचक चार दसमलव ९९ अंकले बढेर १२ सय ९५ दसमलव २६ अंकमा पुगेकोमा ४५ करोड २२ लाख २० हजार रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक नौ दसमलव ४४ अंकले बढेर १८ सय २४ दसमलव ७५ अंकमा पुगेकोमा ८२ लाख ५१ हजार चार सय ५० रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक एक दसमलव ४८ अंकले बढेर १४ सय ८१ दसमलव ५७ अंकमा पुगेकोमा पाँच करोड ३१ लाख ७६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
जलबिद्युत, उत्पादनमुलक र अन्य समुहको सुचक पनि आज बढेको छ भने फाईनान्स र बीमा समुहको सुचक घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ नेपाल ग्रामिण बिकास बैक ६५२ ७.९५
२ आरएसडिसी लघुबित्त बित्तीय संस्था ५८५ ७.८९
३ सेती फाईनान्स १७२ ७.५०
४ जेविल्स फाईनान्स २१७ ५.३४
५ रिलायन्स फाईनान्स १८० ५.२६
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ सिन्धु बिकास बैक २४० ७.६९
२ पुर्णिमा बिकास बैक २९० ३.६५
३ वोमी माईक्रो फाईनान्स १०६० ३.५४
४ एनबी इन्स्योरेन्स कम्पनी १०१५ ३.३३
५ भार्गभ बिकास बैक २३२ ३.३३