बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अपूर्व क्षितिज तारेखमा रिहा

शुक्रबार, भाद्र २४ २०७९

काठमाडौँ : कमेडीमार्फत नेवा: समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उपचार गर्न उनलाई तारेखमा छाडिएको हो।  उपचार गर्न भन्दै उनलाई पछि उपस्थित हुने गरी छाडिएको हो।

काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि उनलाई वीर अस्पताल लगेको थियो।

अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई बुधबार अनुमति दिएको थियो । अपूर्व १२ भदौमा समातिएका थिए।