बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जिरीमा बेपत्ता पुरुष मृत फेला

बिहिबार, भाद्र २३ २०७९

दोलखा । दोलखाको जिरी नगरपालिकास्थित एक सातादेखि बेपत्ता रहेका पुरुषको शव फेला परेको छ । जिरी नगरपालिका–९ खर्क खोलामा उनको शव फेला परेको प्रहरीको भनाइ छ ।

एक सातादेखि बेपत्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ ।

भदौ १६ गतेबाट बेपत्ता भएका उनको शव खोला किनारमा बुधबार अपराह्न स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।