काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस हुने क्रम जारी छ ।
यसै अन्तर्गत काभ्रेपलाञ्चोक प्रतिनिधि सभा १ प्रदेश ख अन्तर्गत नेकपा एमालेबाट राष्ट्रिय युवा संघका उपाध्यक्ष एवंवागमति प्रदेश कमिटी सदस्य काभ्रेली युवाका ढुकढुकी युवा नेता अमित लामा सिफारिस भएका छन् ।
प्रदेश सभा क अन्तर्गत दिलिप तामाङ सिफारिस हुँदा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभामा भने चन्द्र लामा, नविना लामा, रेशम लामा, कुलचन्द्र अधिकारी, अम्बुभवानी कार्कीको नाम सिफारिस भएको छ ।
प्रदेश ख मा सिफारिसमा परेका अमित युवा माझ निक्कै लोकप्रिय मानिन्छन् । राष्ट्रिय राजनीतिमा परिचय बनाएका अमित स्थानीय स्तरमा समेत निक्कै लोकप्रिय मानिन्छन् । केही समय अघि दर्जनौं युवा अमित लामाकै पहल कदमीमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।
नेता लामा गएको स्थानीय निर्वाचनमा समेत युवाहरुको सकृय सहभागी गराउनमा अमितको ठूलो हात थियो । उनकै पहलकदमीमा दर्जनौं युवा एमाले प्रवेश समेत गरेका थिए । विगल लामो समयदेखि युवामाझ सकृय लामा प्रदेश ख अन्तर्गत सिफारिसमा पर्दा युवासमेत उत्साही भएका छन् ।
एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको उसले जनाएको छ ।