बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यती डेभलपमेण्ट बैंकद्धारा एटिएम सेवा सञ्चालन

आइतबार, फाल्गुन २२ २०७३

काठमाडौ फागुन २१ 
यती डेभलपमेन्ट बैकले एकै दिन चार वटा एटिएम काउन्टर सञ्चालनमा गरेको छ । बैकले आफ्ना ग्राहकहरुलाई आधुनिक र सरल बैकिङ्ग सुबिधा उपलब्ध गराउदैं लैजाने क्रममा यहि मिती २०७३ फाल्गुन १९ गते देखी बैंकको ईटहरी, बिर्तामोड, पालुङ्ग र ढल्केबर शाखाहरुबाट पनि एटिएम संचालनमा ल्याएको हो । 
उक्त एटिएमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले एक समारोहका बिच बिद्युतीय प्रणाली मार्फत केन्दि«य कार्यालय दरबार मार्गबाट उद्घाटन गर्नु भयो । अधिराज्य भरी २५ वटा शाखाहरु रहेको बैंकले आफ्नो एटिएम संख्या २४ पुर्याएको छ । यस अघि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेसंग समन्वय गरी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा समेत शुरु गरिसकेको छ  । आगामी दिनमा पनि बैंकले यस्तै आधुनिक तथा प्रबिधी युक्त थप सेवाहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउने योजना रहेको जानकारी दिएको छ ।