बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

गठबन्धन कार्यदलको बैठक बस्दै, प्रतिवेदन बनाएर शीर्षस्थ दलमा बुझाउने तयारी

बुधबार, भाद्र २२ २०७९

काठमाडौं । आज पनि सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु हुनेछ ।

आजको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको लागि गठबन्धनका दलहरुमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने बताइएको छ ।

कार्यदलमा सिट बाँडफाँटको विषयमा करिब करिब सहमति भइसकेको र लिपिवद्ध गर्न बाँकी रहेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो धनगढीमा कांग्रेस ८० सिट र माओवादी केन्द्र ६० सिटको वरपर सहमति हुने अभिव्यक्ति दिएका थिए ।

बुधवार बस्ने बैठकले प्रतिवेदनबनाएर शीर्षस्थ दलमा बुझाउने तयारी गरेको बताइएको छ ।