काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दाङ क्षेत्र नं. २ बाट सिफारिस भएका छन् ।
एमाले क्षेत्रीय समितिको आइतबार घोराहीमा बसेको बैठकले क्षेत्र नं. २ बाट पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय संयोजक अमरबहादुर खड्काले बताए ।
पोखरेल २०७४ को निर्वाचनमा दाङ २ (क) बाट निर्वाचित भएर लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।
दाङ २ मा नेपाली कांग्रेसबाट संविधानसभा सदस्य राजु खनाल, कांग्रेस पूर्वजिल्ला सभापति घनश्याम रेग्मी, किरणकिशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस भएको छ ।