बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु 

शुक्रबार, भाद्र १७ २०७९

रोल्पा – रोल्पा नगरपालिका–२ घट्टेखोलास्थित सडकमा रा.१ ह ३०२२ नम्वरको अटो आफैँ अन्यिन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा अटोमा सवार रोल्पा नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मध्ये ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।