बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

रवीन्द्र मिश्र एमालेकाे समर्थनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार ?

बिहिबार, भाद्र १६ २०७९

काठमाडौँ – सञ्चारकर्मी, राजनीतिज्ञ, रवीन्द्र मिश्र आउँदो चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव उठ्न निश्चित भएको छ । आउने चुनाव चाहिं एमालेको समर्थनमा उठ्न लागेका हुन् ।

२०७९ भदाै १३ गते साेमबार तीन दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग अढाईघण्टा छलफल गरे समर्थनका लागि आग्रह गरेकाे स्राेत बताउछ ।

एक मुठ्ठी एमालेको काठमाडौं क्षेत्र नम्बर १ पहिलादेखि नै कमजोर भएका कारण एमालेले मिश्रलाई सहयोग गर्न सक्ने आश्वासन पनि दिएको बताइन्छ । कांग्रेस नेता प्रकाशनमान सिंह विरुद्ध उठ्ने मिश्रलाई पहिलाभन्दा सजिलो भएको पनि टिप्पणी हुन थालेको छ ।

रवीन्द्र मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकाे र प्रफुल्ल मुद्रामा फाेटाे खेचेर सामाजिक सञ्जालमा पाेस्ट गर्दै लखेका थिए ”चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो । भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ !”

एमाले र राप्रपाको सहयोगमा उम्मेदवार हुन थालेका मिश्रलाई कांग्रेसको गगनकुमार थापा पक्षले पनि समर्थन गर्ने बताइएको छ । काठमाडौंमा महामन्त्री थापाको समूह प्रकाशमान सिंहको समूहलाई हराउने अभियानमा लागेको छ । स्थानीय तहको चुनावमा पनि त्यही काम गरेका कारण थापाको समूहले वालेनलाई समर्थन गरेको थियो ।

बालेनलाई समर्थन गरेकै कारण प्रकाशमान सिंहको श्रीमती सिर्जना सिंहलाई कमजोर उम्मेदवारजस्तो भएको पनि बताइएको छ । त्यसैले, प्रकाशमान सिंहलाई हराउन यो पटक मिश्रलाई सजिलो भएको भन्दै विश्लेषण भइरहेका बेला मिश्र भने स्वतन्त्र उम्मेदवार हुने कि राप्रपाको हलो चिन्हबाट उम्मेदवार हुने भन्ने प्रष्ट भएको छैन ।

स्वतन्त्र चिन्ह लिँदा चिनाउन झन समस्या हुने भएकोले विवेकशीलको तराजु नै लिएर उठ्न सक्ने पनि बताइएको छ । तर, केही सातापछिमात्रै उनले आफ्नो उम्मेदवारीबारे घोषणा गर्ने तयारी गरेकाे उनी निकट स्राेत बताउछ ।

२०७४ साल मंसिरकाे निर्वाचनमा  बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका थिए । सिंहले निकटतम प्रतिस्पर्धी विवेकशील-साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई पराजित गरेका थिए ।

मिश्र ८ सय १८ मत अन्तरले मात्रै पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाएका थिए भने मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अनिल शर्माले ५ हजार ३ सय ३६ मत मात्रै पाएका थिए  । रवीन्द्र मिश्रलाई एमालेले सहयाेग गरेमा यस पटक उनले काठमाडाैं एकबाट उनले बाजी मार्ने प्रवल सम्भावना छ । साँघु साप्ताहिकबाट