बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

वर्षौंदेखि कर नतिर्ने काठमाडौँ फनपार्कलाई बालेनले दिए २४ घण्टे अल्टिमेटम

बिहिबार, भाद्र १६ २०७९

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले प्रदर्शनीमार्गस्थित काठमाडौँ फनपार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । आज महानगरअन्तर्गत राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीले फनपार्कलाई पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय,बहाल,विज्ञापन र मनोरञ्जन कर तिर्न निर्देशन दिएका हुन् ।

उक्त कम्पनीले वषौँदेखि व्यवसाय सञ्चालन गरेबापतको कर नदिएको उल्लेख गर्दै अधिकारीले पटक-पटक ताकेता गर्दा पनि अटेरी गरेकाले पत्र लेखिएको बताए । उनले पत्र लेखेको २४ घण्टाभित्र राजस्व नबुझाए फनपार्क शिलबन्दी गरिने चेतावनीसमेत दिएका छन् ।

सो पत्रमा व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालय र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजश्व विभागमा तिर्न भनिएको छ । प्रमुख डा. अधिकारीले कर रकम र सोको लाग्ने जरिवानासमेत विभागमा दाखिला गर्न आग्रह गरे ।