बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आजको मौसम: यी प्रदेशमा वर्षा हुने

बुधबार, भाद्र १५ २०७९

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेस वागमती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश १,  वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशहरुका  केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।