बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिँदै

बुधबार, भाद्र १५ २०७९

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ ।

सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधीश राणासँग बयान लिन लागेको हो ।

नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधीशसँग बयान लिन लागेको हो ।

१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।