बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन : रामकुमारी झाँक्री

शुक्रबार, भाद्र १० २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई समर्थन गरेकी छन् ।

शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह गर्दै झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् ।

झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि प्रस्तुत गरेकी छिन् ।

उनले लेखेकी छिन्

मेरो समर्थन मेयर बालेन जीलाई!
१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२)मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३)निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४)स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५)मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६)सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७)मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८)I am always with you, behind you. keep it up.
९)ईमान्दार प्रयासहरू सफल हुन्छन।