काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।
ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठक आसन्न मंसिर ४ को निर्वाचनमा केन्द्रित छ ।
केहीबेर सुरु भएको बैठकमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।
आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको सपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, उम्मेदवारको छनोटको मापदण्ड ,स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदनलगायत ११ एजेण्डा छन् ।
हेर्नुहोस तस्वीर



