काठमाडौं । निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल मार्फत उक्त कुरा बताएका हुन् ।
निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो ।
उनले लेखेका छन्
‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो।राप्रपा नेपालले पटकपटक ‘गाईूचिन्ह’ अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ। आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौं ।’