काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाको अभियानप्रति आपत्ति जनाएको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले अवैध संरचना हटाउने नाममा महानगरले साना व्यापारीहरूको रोजीरोटी खोसेको आरोप लगाए। उनले महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको पनि आरोप लगाए।
अध्यक्ष श्रेष्ठले व्यवसायीहरूले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यवसायीमाथिको धरपकड तत्काल बन्द गर्न आग्रह गरेका छन्। उनले महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारको दुरुपयोग गर्न नहुने पनि बताएका छन् ।
अध्यक्ष श्रेष्ठले मेयरको अभियानले दशैँको मुखमा व्यवसायीमाथि अन्याय परेको पनि बताएका छन्। महानगरले अवैध संरचना भत्काउने अधिकारको विरोध नभएर मेयर साहले व्यवसायीहरूप्रति गरेको व्यवहारको विरोध गरेको उनको भनाइ थियो । उनले महानगरले क्षति पु¥याएका व्यवसायीहरूलाई तत्काल क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।
अध्यक्ष श्रेष्ठले संघले समस्यामा परेका उद्योगी व्यवसायीहरूको हकहितको लागि आवाज उठाएको बताउनुभयो । उहाँले महानगरले पार्किङ प्रयोजनको लागि भनेर व्यवसायको कर लिने, व्यवसाय पनि दर्ता गर्ने व्यवसायबाट कर पनि लिने अनि बिहानै महानगरको मेयरलाई केही सन्को चढ्यो भन्दैमा पसल बन्द गर्न जानु राम्रो नभएको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले ३५ दिने सूचना दिए ३५ दिन कटेर ३६ दिन भयो उठेर जाऔँ भन्न प्रजातन्त्रिक देशमा सान्दर्भिक हुन्छ रु भन्दै प्रश्न गर्नुभयो । नेपालको कानुनमा अण्डरग्राउण्डमा पसल राख्न पाइँदैन भनेर महानगरले निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।
थप सामग्री स् जततउकस्ररभजष्mबबिथबतष्mभक।अयmरद्दण्द्दद्दरण्डरघडढटढर