बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यस्तो आज मुद्राको विनिमयदर

शुक्रबार, भाद्र १० २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिदमा १२७ रुपैयाँ ५२ पैसा र बिक्रीमा १२८ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९१ रुपैयाँ ८० पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा रहेको छ । 

जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको  राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०१ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैइाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा रहेको छ ।