काठमाडौँ – संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) जस्तो देखिने ९ किलोग्राम तौल भएको बस्तु सहित तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ बस्ने ४९ वर्षीय गोबिन्द सिन्चुरी, काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ बस्ने २५ वर्षीय बिमान स्याङ्तान र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ बस्ने २६ वर्षीय सुरज झेडीमगर रहेका छन् ।
विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक समेतको सहयोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ अठ्ठाईस किलोबाट उनीहरूलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा बुझाइएको छ ।