बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनचाँदीको भाउ बढ्यो, कति छ आज ?

बिहिबार, भाद्र ९ २०७९

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । 

आज छापावाला सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।