काठमाडौं । नेकपा एमाले नेकपा एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले गठबन्नवाला दलहरुले मत जोडेर एमाले भन्दा यति मतले अघि भन्ने फेसल चलाएको भन्दै टिप्पणी गरेका छन् ।
दैलेख जिल्ला सहइन्चार्ज समेत रहेका रिजालले राजनीतिमा निर्वाचन विश्लेषण गर्ने यो तरिकाले परिणाममा निर्णायक प्रभाव नपार्ने बताउँदै पुराना तथ्यांकको सहारामा होइन, वर्तमान धरातलीय यथार्थका आधारमा मूल्यांकन गर्नुपर्ने धारणा राखेका छन् ।
सामाजिक सञ्जाल मार्फत रिजालले दुई दलले पाँच बर्षअघि पाएको मत जोड्दा बढी भएकै आधारमा निर्वाचन जितिने भए ०७४ को निर्वाचनमा बर्दिया–१ बाट वामदेव गौतमले लज्जास्पद पराजय भोग्नुपर्ने अवस्था नआउनु पर्ने जनाएका छन् । उनले भनेका छन् ‘जबकि, एमाले र माओवादी मिल्दा २८ हजार मत बढी थियो ।’
सबै चीज गतिमा छ, विश्लेषण पनि गतिमा हुनुपर्ने बताउँदै उनले भनेका छन् ‘पुराना तथ्यांकको सहारामा होइन, वर्तमान धरातलीय यथार्थका आधारमा मूल्यांकन गर्नुपर्छ । जनलहर एमालेको पक्षमा छ, जनआकांक्षा कमरेड केपी शर्मा ओलीको बोल्ड नेतृत्वप्रति आशावादी छ । त्यसैले जनमतसंग्रहका रुपमा रहेको आगामी निर्वाचनमा जनताको त्यो मत प्रकट हुन्छ ।’
