बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट आठ जना पक्राउ

बिहिबार, भाद्र ९ २०७९

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३२ काँडाघारीबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास फेला परेको प्रहरीले जनाएको छ ।