शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मन्दिरको दान पेटिका चोरी गरेको अभियोगमा पक्राउ 

मंगलबार, भाद्र ७ २०७९

कास्की – पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगद सहितको दान पेटिका चोरी गरेको अभियोगमा सोही महानगरपालिका–२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मि दोर्जेलाई प्रहरी पक्राउ गरेको छ । 

उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले जिम्मिलाई उक्त दानपेटिका सहित पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ ।