काठमाडौ माघ २५
नेपाल बैकले यही पुस मसान्तसम्ममा एक अर्ब ८९ करोड ५० लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैकको यस्तो मुनाफा एक अर्ब चार करोड ८१ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी छ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ रहेको बैकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ८४ अर्ब ८३ करोड ३९ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ८१ करोड ५५ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा तीन अर्ब ४८ करोड ५६ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा दुई अर्ब ५४ करोड ६३ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम १८ करोड ९० लाख ३४ हजार रुपैयाँ रहेको बैकले सो अवधिमा २७ करोड १३ लाख ५५ हजार रुपैयाँ राईट व्याक गरेको छ । निष्क्रिय कर्जाको अनुपात दुई दसमलव ८५ प्रतिसत रहेको बैकको स्प्रेड दर चार दसमलव ९७ प्रतिसत रहेको छ ।