बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हुन्डाई नेपालको “बि (भि) द चेन्ज” अभियान अन्तर्गत वृक्षरोपण सम्पन्न 

आइतबार, भाद्र ५ २०७९

काठमाडौं – हुन्डाई नेपालले “बि (भि) द चेन्ज” अभियान अन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा हिजो वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा इभीका विभिन्न उमेर समुहका करिब १५० जनाको सहभागीता रहेको थियो । कोना र आईनिक गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बुढानिलकण्ठ सम्म गएको थियो ।

हुन्डाई नेपालको “बि (भि) द चेन्ज” हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य–बद्धता गर्ने पहल स्वरूप ल्याईएको हो । बिभि अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकलकार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा बि (भि) द चेन्जले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिईएको छ । 
“बि (भि) द चेन्ज” अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरू मध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आसा राखिएको छ । त्यस्तै आगामी दिनमा पनि कम्पनीले “बि (भि) द चेन्ज” अन्तर्गत पर्यावरण दिगोपन सम्बन्धी अन्यकार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने धेय राखेको छ ।  

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाख भन्दा बढीविद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा “गोल अफ द सेन्चुरी “नामक विश्वव्यापी अभियान सुरु गरेको थियो । यस अभियानले फुटबलको विश्वव्यापी आकर्षण मार्फत फुटबल प्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।