काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति निधन भएको थियो ।
उनको पार्थिव शरीरमा विभिन्न दलका नेता तथा सर्वसाधारणले फूलमाला अर्पण गरेका छन् ।
उनको पार्थिव शरीर अहिले नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा राखिएको छ । स्वर्गिय गिरिको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने कांग्रेसलले जनाएको छ ।







