काठमाडौं । आइतवार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आजलाई स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् ।
प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ ।
प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ ।
