बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु :अध्यक्ष ओली

आइतबार, भाद्र ५ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’
उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
उपचारको क्रममा गएराती प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्तष्टी गरिनेछ ।