काठमाडौं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले प्रदर्शन गरेको छ ।
आज काठमाडौमा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप गरेको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्दैछ ।
कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीेले जनाएको छ । नयाँं बानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए ।
पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।