बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नागरिकता ऐन संशोधन विधेयक विषयगत समितिमा पठाउनु पर्ने एमालेको माग 

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने माग गरेको छ ।

सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक हुबहु पास गरेर फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय गरेका थिए ।

तर, आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन्। यसो नभए राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाएको ठहरिने एमालेका नेताले धारणा राखे  ।
राष्ट्रपतिले चासो देखाएर पुनर्विचार गर्न फिर्ता पठाउनुलाई राजनीतिक आँखाले हेर्न नहुने ती नेताले बताए ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद्ले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेस हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रतिनिधिसभामा पेस गर्ने र आजै प्रतिनिधिसभाले पास गर्ने सरकारको तयारी रहेको कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले भने नागरिकता विधेयकमा सामान्य संशोधन गर्नुपर्ने बताएको छ । त्यसका लागि छलफल हुनुपर्ने उसको माग छ ।