बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

नागरिकता विधेयकको विरोधमा नेमकिपाले आज राजधानीमा विरोध सभा गर्ने

बिहिबार, भाद्र २ २०७९

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ ।

कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीेले जनाएको छ । नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए । सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने कार्यक्रम छ ।

299969060_574433467756893_871718582664198219_n.jpg

पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पुनः पास गर्ने तयारी छ ।