बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरी भएको हवला दिँदै काठमाडौंका विभिन्न स्थानमा डकैत गर्ने तीन जना पक्राउ

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूको घरहरूमा जबरजस्ती प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गहना डकैत कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँवस्ती पाटिटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ७ तालामाराङ ठेगाना भएका सागर भन्ने ३८ वर्षीय राम सिंह तामाङ, काठमाडौं जोरपाटी बस्ने मकवानपुर वाग्मती गाउँपालिका-८ ठेगाना भएका ३८ वर्षीय दिलबहादुर सिङतान र जोरपाटी बस्ने मकवानपुर बकैया गाउँपालिका-५ ठेगाना भएका शुशिल भन्ने ३५ वर्षीय बाबुलाल थिङ रहेका छन् । 

काठमाडौं कीर्तिपुर नगरपालिका ६ स्थित नारायण बस्नेतको घरमा प्रवेश गरी धारिलो हतियार देखाई नगद, सुन तथा हिराका गहना डाँका गरी लगेको साथै उपत्यकाका विभिन्न ३ स्थानमा तथा उपत्यका बाहिर १ स्थानमा डाँका चोरी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूको साथबाट प्रहरीले डाँका चोरी गरेको नगद १ लाख ४२ हजार १ सय ५ रूपैयाँ, २ थान खुकुरी, १ थान रड, १ थान मोटरसाइकल र ५ थान मोबाइल बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको छ ।