बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पदाधिकारी टुंगो लगाउन माओवादी स्थायी कमिटी बस्दै, देव गुरुङलाई महासचिव बनाउने तयारी

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । 

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । 

माओवादी बैठक बुधबार पनि बसेको थियो । 

महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको दाबी रहँदा अध्यक्ष प्रचण्डले भने तेस्रो विकल्पका रुपमा देवप्रसाद गुरुङलाई महासचिव बनाउने सक्ने चर्चा छ ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।