काठमाडौं । आज पनि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ । साथै आगामी निर्वाचनको बारेमा पनि छलफल हुनेछ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार पनि बसेको थियो । मंगलवारको बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो ।