बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आक्रोशित हुँदै प्रचण्डमाथि बालेन शाहले उठाए नैतिकताको प्रश्न

बुधबार, भाद्र १ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिकताको प्रश्न उठाएका छन् । 

मंगलवार राती सामाजिक सञ्जालमा भिडियोसहित एक पोष्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाह आक्रामक भएका हुन् । 

‘श्रीमान प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको वाटो विगत ८ बर्ष देखी यस्तो हालतमा बनाउने मान्छेको घरमा अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ? शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।