बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचनका लागि ८४ दल दर्ता, आजैबाट आयोगले जाँचबुझ थाल्ने (सूची सहित)

बुधबार, भाद्र १ २०७९

काठमाडौं । संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंशिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन ।

आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ ।

यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैवाट जाँचबुझ सुरु गरिनेछ । राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन कि छैनन ? भन्ने बारेमा आजबाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले बताए । 

299102876_594845465635204_3868529886698026159_n.jpg

299078548_787629025918816_4577418637152664295_n.jpg

299149799_1166662473897544_6453878127770188537_n.jpg