बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अहिलेको आवश्यकता व्यावसायीक कृषि उत्पादन तथा बजारीकरण : सभापति सुमार्गी

बुधबार, भाद्र १ २०७९

सिन्धुली  । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुण राज सुमार्गीले व्यावसायीक कृषि र त्यसको बजारीकरण नै अहिलेको मुख्य आवश्यक्ता भएको बताएका छन् ।

सिन्धुली उद्योग वाणिज्य संघको साधारण सभालाई सम्बोधन गर्दै सुमार्गीले आफु अहिले कृषिलाई व्यावसायिक बनाउने अभियानमा  लागिपरेको बताए । त्यसका लागी सय किसान अभियान समेत चलाएको जानकारी दिए । अभियान मार्फत देशभर रहेका व्यावसायिकलाई जोड्ने र उत्पादन देखि बजारीकरणसम्ममा काम गर्ने योजना सहित लागि परेको उनको भनाइ थियो ।

बढी भन्दा बढी नागरिकको आश्रित पेशा कृषि भएतापनि यसले देशको अर्थतन्त्रमा जति सकारात्मक प्रभाव पार्नु पर्ने हो, त्यो हुन नसकेको उहाँले बताउनु भयो ।  देशको दीगो र आत्मनिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रको विकास र विस्तार गर्नु पर्ने उहाँले बताउनु भयो ।

अभियान कै क्रममा यस वर्ष अर्थमन्त्रीसँग बजेट भन्दा अगाडिनै सल्लाह गरेर वितरणमुखी अनुदान कार्यक्रम हटाई उत्पादन पछिको अनुदान र सहुलियत ऋणमा बजेट राखिएको सुमार्गीले बताए। नेपालमा कृषि उत्पादनको उच्च संभावना भएकाले सहि र उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन बृद्धी गर्न सकिनेमा आफू विस्वस्त रहेका उनले बताए ।

अभियानकै क्रममा काम गर्दा संयुक्त राष्ट्र संघको Autonomous Intergovernmental Institution for the useof Micro–algae Spirulina Against Malnutrition (IIMSAM) संस्थाले आफुलाई मानार्थ सल्लाहकार राखेकाले अझ काम गर्न सहज हुने उनले बताए । कृषि उद्यम केन्द्रमा आफु आउँदा सबै तिर बेरुजु थियो त्यो सबै मिलाउँदा मिलाउँदै धेरै समय लागेको अब द्रुत गतिमा काम गर्न आफु लागि परेको पनि सुमार्गीको भनाइ थियो ।

व्यवसायीयक कृषिमा जोड दिनसके स्वयंले रोजगारी सिर्जना हुने, वस्तु र सेवाको गुणस्तर सुनिश्चित गर्न सक्ने, किसानमा विश्वास आर्जन गर्न सक्ने, स्वदेशी र विदेशी बजारसम्म आफ्नो पहूँच विस्तार गर्न सक्ने उहाँले विश्वास दिलाउनु भयो ।