काठमाडौ माघ १८
जनता बैंकका अध्यक्षमा केशर बहादुर रायमाझी नियुक्त भएका छन । यसअघिका अध्यक्ष उदय नेपाली श्रेष्ठल २०७३ माघ १४ गते आफ्नो व्यक्तिगत कारणले गर्दा अध्यक्ष पदबाट राजीनामा दिएका थिए । । उनको राजिनामा पश्चात रिक्त हुनगएको पदमा बैंकमा २०७३ माघ १८ गते बसेको संचालक समितिको दुई सय सातौं बैठकले उक्त बैंकका संचालक रायमाझीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको हो ।