बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्राईम लाईफको खुद मुनाफा २२ करोड ८८ हजार 

सोमबार, साउन ३० २०७९

काठमाडौं – प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८–०७९ मा २२ करोड ८८ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा ३० करोड ८२ लाख ८२ हजार रुपैंयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी दुई अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैंयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी सात रुपैंयाँ ९२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय २५ रुपैंयाँ ६४ पैसा रहेको छ ।